नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच
काठमाडाैं | चैत २८, २०७९
नेपालगञ्ज: नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।
बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो ।
तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ ।
अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकमा पुरुष कैदीबन्दी मात्रैलाई राखिएकोमा ब्लक ए मा छ सय १७ जना र ब्लक बि मा दुई सय ३२ कैदीबन्दी राखिएको छ ।
मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरीले नेपालगञ्जको गर्मीमा कैदीबन्दीलाई कोचाकोच बस्न बाध्य पारिनु उनीहरूको आधारभूत मानव अधिकार विरुद्धको कार्य भएको बताउनुभयो ।
अधिकारकर्मीले कारागारका जेलर अर्जुनजंग शाह र कैदीबन्दीका नाइके, चौकीदार तथा कैदीबन्दीसग कारागार व्यवस्थापन र कैदीबन्दीको अवस्थाका बारेमा छलफल गरेका थिए ।
अधिकारकर्मीसमक्ष कैदीबन्दीले क्षमताभन्दा धेरै बढी बस्नुपर्दा कोचाकोचको स्थितिमा कष्टकर दैनिकी व्यतीत गर्नुपरेको, सोही कारणले कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको र बिजुलीको कम भोल्टेजको समस्या हुनेलगायतका गुनासो गरेको मानवअधिकार एलाइन्सका ठकुरीले बताउनुभयो ।
एकातिर सो कारागारमा ठाउँ अभावले कोचाकोचको समस्या छ भने अर्कोतिर तीन हजार कैदीबन्दी राख्ने क्षमतासहितको सुविधासम्पन्न क्षेत्रीय कारागार बाँकेको नौबस्तामा ९ बिगाहाको क्षेत्रफलमा निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।
कारागारका जेलर अर्जुनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकी दिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा तीन हजार क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले सो क्षेत्रीय कारागार सञ्चालनमा आएपछि ठाउँ अभावको समस्या आफै समाधान हुने पनि बताउनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

